प्रहरीका डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस

प्रहरीका डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस

शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • प्रहरीका डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए ।

    डिआइजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij