सन्तोष परियारले छोडे रास्वपा

सन्तोष परियारले छोडे रास्वपा

शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • सन्तोष परियारले छोडे रास्वपा

    काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एकपछि अर्को नेताले साथ छाड्न थालेका छन् ।

    पछिल्लो पटक शुक्रबार विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक समेत रहेका परियारले रास्वपा छाडेका हुन् ।


    उनले पार्टीमा पछिल्लो समय कलह बढ्दै गएपछि छाड्नुपरेको बताएका छन् । परियारले रास्वपा छाडेको पुष्टि प्रवक्ता मनिष झाले गरेका छन् ।

    परियार रास्वपाको सचिवालय सदस्य पनि हुन् । ‘विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ’, झाले भने, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा वहाँले जानकारी गराउनु भएको छ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij