काठमाडौँ। यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रूपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम फेरि बन्द भएको छ ।
विभागले आज एक सूचना जारी गर्दै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको जनाएको छ ।
विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।