राष्ट्रियसभाका सदस्यहरु अध्यागमन विभागको अनुगमनमा

राष्ट्रियसभाका सदस्यहरु अध्यागमन विभागको अनुगमनमा

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • राष्ट्रियसभाका सदस्यहरु अध्यागमन विभागको अनुगमनमा

    काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आज अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको कार्यालय पुगेका छन् ।
     
    राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मालगायत समितिका सचिव एवं उपसचिव सञ्जय दाहाललगायत ११ जना समितिका सदस्यहरु टोली कालिकास्थानस्थित अध्यागमन विभाग र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालमा अनुगमन गर्न पुगेका हुन् । 

    अनुगमनमा सहभागी हुनुभएका समितिका सदस्य रेनु चन्दले अध्यागमन विभाग ऐनअनुसार कार्यसम्पादन गर्न के–कस्तो कठिनाइ छ ? बुझ्नु र दैनिक कार्य एवं नीतिगत समस्याहरु के के छन ? भनी पत्ता लगाउन अवलोकन गरिएको चन्दले बताए । “हामीले आज कार्यालयमा पुगेर त्यहाँको कार्यशैलीमा आएका समस्याहरु प्रत्यक्ष बुझ्ने प्रयास गरौँ”, उनले भने ।

    समितिका सचिव एवं उपसचिव सञ्जय दाहालले अध्यागमन ऐन, २०४९ प्रत्यायोजित विधायनबारे अध्ययन गर्ने क्रममा रहेकाले अध्ययन गर्नुअघि वस्तुस्थति अनुगमन गरिएको बताए । 

    “आज स्थलगत अवलोकन मात्रै गरेका हौँ”, उनले भने, “अनुगमनको केही समयपछि प्रतिवेदन तयार पार्ने छौँ र बैठकमा छलफल गर्ने भएका छौँ ।” 

    अध्ययागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले राष्ट्रियसभाका सदस्यहरुको अनुगमनले थप जिम्मेवार बनाएको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij