निवर्तमान प्रहरी महानिरीक्षक खापुङ्गलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

निवर्तमान प्रहरी महानिरीक्षक खापुङ्गलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • निवर्तमान प्रहरी महानिरीक्षक खापुङ्गलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

    काठमाडौँ । निवर्तमान आइजिपी चन्द्र कुवेर खापुङ्गलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ ।

    २३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो ।

    आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

    यसबारे खापुङलाई जानकारी गराउन पनि भनिएको छ ।

    582111990_823163193800421_1995867650199407170_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij