आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई देशको ३३औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यक्रममा सहभागी भएपछि कार्कीले प्रहरी संगठनको मनोबल उच्च राख्दै सुदृढ नेतृत्व, पारदर्शिता र सामूहिक भावनासहित संगठनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

    यसअघिका आईजीपी चन्द्र कुबेर खापुङ्गको ३० वर्षे सेवा अवधि बुधबार पूरा भई उनी अनिवार्य अवकाशमा गएका छन्।

    प्रहरी निरीक्षकका रूपमा २०५४ चैतमा सेवा प्रवेश गरेका कार्कीको ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म उनी आईजीपी रहनेछन्। ०८२ वैशाख १५ मा एआईजीमा बढुवा भएका कार्की ६ महिनामै सर्वोच्च प्रहरी नेतृत्वमा पुगेका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij