सवारी दुर्घटनामा परेर अस्ट्रेलियामा एकै परिवारका तीन नेपालीको मृत्यु

सवारी दुर्घटनामा परेर अस्ट्रेलियामा एकै परिवारका तीन नेपालीको मृत्यु

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • सवारी दुर्घटनामा परेर अस्ट्रेलियामा एकै परिवारका तीन नेपालीको मृत्यु

    काठमाडौं । अस्ट्रेलियामा भएको सवारी दुर्घटनामा परेर एकै परिवारका तीन नेपालीको ज्यान गएको छ ।


    भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । 

    कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । 

    दुर्घटनामा मृत्यु हुनेहरू एकै परिवारका बाबु, आमा र छोरा हुन् । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।  

    घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको बताइएको छ। 


    ट्रक चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत निराजन गौलीले घट्नास्थलकाे निरिक्षण गरेका थिए । 

    एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij