कारागारबाट भागेका दुई कैदीबन्दी कागेश्वरी मनोहराबाट पक्राउ

कारागारबाट भागेका दुई कैदीबन्दी कागेश्वरी मनोहराबाट पक्राउ

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • कारागारबाट भागेका दुई कैदीबन्दी कागेश्वरी मनोहराबाट पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र मकवानपुरको भीमफेदी कारागारबाट भागेका विष्णुलाल थिङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ रसाइलीले डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेको र थिङले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेको जानकारी दिए। पक्राउ रसाइली सिन्धुपाल्चोक बाह्रबिसे र थिङ मकवानपुरको बकैया गाउँपालिकाका बासिन्दा हुन् ।

    प्रहरीले रसाइलीलाई काठमाडौँ महानगरपालिका–६ आरुबारी र थिङलाई कागेश्वरी मनोहरा नगरपालिका–६ ग्रिनहिलसिटीबाट पक्राउ गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij