७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा, को कहाँ पुगे ?

७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा, को कहाँ पुगे ?

बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं ।  । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले सो निर्णय गरेका हुन् । 

    मन्त्रालयको अनुसार बद्रीनाथ गैह्रेलाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । दैलेखमा आनन्द सारु,पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

    त्यसैगरी जुम्लामा दिपक पौडेल,डोटीमा कल्पना घिमिरे नेपाललाई सीडीओ बनाएर पठाइएको छ । अजिता शर्मालाई मुस्ताङ पठाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij