आजदेखि नेपाल टेलिकमको विन्टर अफर, के के छन् सुविधा ?

आजदेखि नेपाल टेलिकमको विन्टर अफर, के के छन् सुविधा ?

शुक्रवार, पौष २७ २०८०
शुक्रवार, पौष २७ २०८०
  • आजदेखि नेपाल टेलिकमको विन्टर अफर, के के छन् सुविधा ?

    काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर २०८० सार्वजनिक गरेको छ । समय समयमा विभिन्न अफरहरू सार्वजनिक गर्दै आइरहेको नेपाल टेलिकमले शुक्रवारदेखि लागू हुनेगरी यो वर्षको विन्टर अफर सार्वजनिक गरेको हो । प्रवक्ता शोभन अधिकारीका अनुसार, टेलिकमले यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाएको छ ।

    नयाँ अफर अनुसार १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछ । यस्तै ७ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ । यसैगरी स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ जारी विज्ञप्तिमा उल्लेख छ ।

    त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

    त्यस्तै नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने बताइएको छ । ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij