भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

    सिरहा । भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ । 

    जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ । 

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छन् । उनका अनुसार, यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij