काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा ३० वर्षका लागि लिजमा दिँदा संस्थालाई नोक्सानी हुने गरी सम्झौता गरिएको आरोपमा कार्कीमाथि अनुसन्धान सुरु गरिएको छ ।
उनविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ ।