बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

    बागलुङ । बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा शुक्रबार राती दुर्घटना भएको हो ।

    दुर्घटनामा ढोरपाटन –७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । चारै जना घाइते पहिचान नभएको बताइएको छ । 

    जीप सडकबाट भूजीखोलामा खसेको उपप्रमुख कायतको भनाइ छ । घाइतेको स्थानीय र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पतालमा पठाएको थिए ।

    उनले भने, “ढोरपाटन जाँदै गरेको पिकअप रहेछ, अचनाक दुर्घटना भएपछि स्थानीयले खबर गरे, एक जनालाई गाडीले च्यापेको अवस्थामा निकाल्यौँ, एक जना बाहेक अन्यको अवस्था सामान्य छ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij