मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

    मुस्ताङ । मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो ।


    सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ ।

    उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा-काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा छोटो मार्गका रुपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ-डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको हो ।

     

    यसैगरी, मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पुर्‍याउन तथा मुस्ताङीलाई भेडाच्याङ्ग्रा र याकचौँरी ल्याउनसमेत मुस्ताङ-डोल्पा सडक विस्तार गरिएको थियो । समुन्द्री सतहको चार हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ-डोल्पा सडक भारी हिमपातका कारण सडक अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

    सडक अवरुद्धका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक तथा सवारीसाधन लैजान सकिएको छैन ।  मुस्ताङ(डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बाग्लुङसँग माग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

    यसैगरी एक साताअघि परेको भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक सातादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिए ।

    साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा त्यहाँ रहेका १३ घरधुरीलाई  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक बर्खाको आठ महिना गाउँमै बस्छन् भने हिउँदको चार महिना फल्याक, जोमसोमलगायतका स्थानमा जाडो छल्ने गर्छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij