पुटिन फेरी रुसको राष्ट्रपति बन्ने निश्चित

पुटिन फेरी रुसको राष्ट्रपति बन्ने निश्चित

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • पुटिन फेरी रुसको राष्ट्रपति बन्ने निश्चित

    काठमाडौं ।  भ्लादिमिर पुटिन  फेरी रुसको राष्ट्रपति बन्ने निश्चित भएको छ । चुनावी सर्वेक्षण अनुसार उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।

    सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसनको एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जुन रुसको इतिहासकै सबैभन्दा ठूलो परिणामको जित हो । यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टरले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ ।

    सपटकको राष्ट्रपति निर्वाचनमा ७१ वर्षीय पुटिन सहित क्रेमलिनद्वारा समर्थित तीन उम्मेदवार रहेका थिए। पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित थियो । त्यसैले कतिपयले रुसमा भएको राष्ट्रपतिको निर्वाचन निष्पक्ष नभएको भनेर आलोचना पनि गरेका छन् ।

    निर्वाचनको दिन पनि पुटिनका विरोधीहरुले मतदान केन्द्र बाहिर विरोध प्रदर्शन गरेका थिए । पुटिन सन् १९९९ देखि रुसको सत्तामा छन् । बोरिस यल्तसिनले आफ्नो खराब स्वास्थ्यका कारण पुटिनलाई सत्ता सुम्पिएयता उनले चुनाव हारेका छैनन् । थप ६ वर्षका लागि राष्ट्रपति पदमा औपचारिक रुपमा निर्वाचित भएपछि पुटिनले जोसेफ स्टालिनको रेकर्ड तोड्ने छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij