आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

    काठमाडौं । पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।

    उनले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणासभा हुने उनको भनाइ छ ।

    उनले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताए । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ । उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij