काठमाडौं । राष्ट्रिय पुरुष भलिबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।
पहिलो सेट जितेको एपिएफमाथि पछिल्ला ३ सेट जित्दै पुलिसले उपाधि आफ्नो पोल्टामा पारेको हो । एपिएफमाथि २२–२५, २५–१९, २५–१८ र २५–२३ ले जित्दै पुलिसले उपाधि उचालेको हो । नवौं राष्ट्रिय खेलकुदको उपाधी विजेता एपिएफ प्रतियोगिताभर अपराजित रहे पनि फाइनलमा पराजति हुंदा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
समुह ए मा रहेका यी दुवै टिममध्ये एपिएफ लिग चरणमा समुह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । पुलिस भने उपविजतोको रुपमा सेमिफाइनलमा आएको थियो । यस अघि आज भएको तेस्रो स्थानको खेलमा आर्मीलाई ३–१ ले पराजित पन्छाउँदै गण्डकी प्रदेश तेस्रो भयो ।