भारतमा लोकसभाको चुनाव सात चरणमा हुने, १० लाख मतदान केन्द्र

भारतमा लोकसभाको चुनाव सात चरणमा हुने, १० लाख मतदान केन्द्र

शनिवार, चैत्र ३ २०८०
शनिवार, चैत्र ३ २०८०
  • भारतमा लोकसभाको चुनाव सात चरणमा हुने, १० लाख मतदान केन्द्र

    नयाँ दिल्ली । भारतमा लोकसभा चुनावको मिति घोषणा गरिएको छ । सात चरणमा सम्पन्न हुने मतदान प्रकृया डेढ महिनामा पूरा हुने जनाइएको छ । भारतमा १९ अप्रिलदेखि सात चरणमा लोकसभा चुनाव हुने बताइएको छ । भारतको निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरेको हो ।

    कार्यतालिकाअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुने छ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौ चरण २९ मे र छैठौं चरणको मतदान २५ मेका दिन हुने बताइएको छ । त्यसैगरी अन्तिम चरणको मतदान जुन–१ का दिने हुने आयोगले जनाएको छ ।

    सबै चरणको मतदान सम्पज्ज भएपछि मतगणना एकैसाथ ४ जुनबाट प्रारम्भ हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लोकसभाको ५ सय ४३ सिटमध्ये पहिलो चरणमा १ सय २, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पांचौंमा ४९, छैठौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जनाएको छ ।

    लोकसभा चुनावसँगै आन्ध्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव पनि हुँदैछ । त्यस्तै, देशभरका विधानसभामा रिक्त रहेका २६ सिटमा उपनिर्वाचन पनि यही अवधिमा हुने जनाइएको छ । आयोगका अनुसार, मतदातालाई मतदान गर्न सहजता हुने गरी मतदान केन्द्र र आवश्यक सहजीकरणको व्यवस्था गरिएको छ ।

    ८५ वर्ष उमेरमाथिका र शारीरिक अशक्त रहेकाहरुलाई घरबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ । सो चुनावका लागि भारतमा ९६ करोड ८८ लाख २१ हजार ९ सय २६ मतदाता छन् । त्यसमध्ये ४९ करोड ७ लाख पुरुष र ४७ करोड १ लाख महिला मतदाता छन् ।

    अघिल्लो चुनावभन्दा यसवर्ष १ करोड ८४ लाख ८१ हजार ६ सय १० नयाँ मतदाता थपिएका छन् । निर्वाचनका लागि देशभर साढे १० लाख मतदान केन्द्र रहने जनाइएको छ । मतदानका लागि ५५ लाख एलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग हुने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij