११.५२ अङ्कले घट्यो नेप्से, करिब साढे चार अर्बको कारोबार

११.५२ अङ्कले घट्यो नेप्से, करिब साढे चार अर्बको कारोबार

आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • ११.५२ अङ्कले घट्यो नेप्से, करिब साढे चार अर्बको कारोबार

    काठमाडौं- आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ मा कारोबार भएको थियो । आज फाइनान्स, उत्पादन तथा पोसेसिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९७ प्रतिशतले बढेको छ भने आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.६२ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २७ करोड ४६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij