जी–२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने

जी–२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने

शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • जी–२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् । उनको ठाउँमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको एएफपीले जनाएको छ ।

    अमेरिकाले अर्को वर्ष मियामी नजिकै रहेको आफ्नो गल्फ क्लब ट्रम्प नेसनल डोरलमा जी–२० को आयोजना गर्ने पनि राष्ट्रपति ट्रम्पको भनाइ छ । उहाँले व्यक्तिगत व्यवसायलाई सम्मेलनबाट कुनै आम्दानी नहुने स्पष्ट पारेका छन् ।

    राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि जी–७ शिखर सम्मेलनका लागि आफ्नो डोरल रिसोर्टलाई आयोजना स्थलका रुपमा प्रयोग गर्ने योजना सार्वजनिक गरेका थिए । तर यसले उनको परिवार र व्यवसायलाई आर्थिक लाभ दिने र यो अमेरिकी संविधान विपरित हुने दोहोरो आरोपपछि त्यो ठाउँ जी–७ शिखर सम्मेलनका लागि प्रयोग गर्ने योजनालाई राष्ट्रपति ट्रम्पले त्यागेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij