सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघ्यो

सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघ्यो

शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २५ सय रुपैयाँ बढेको हो ।

     

    अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

     

    त्यस्तै आज चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij