नेप्से ६.५५ अंकले घट्यो, ५ अर्ब १४ करोडको कारोबार

नेप्से ६.५५ अंकले घट्यो, ५ अर्ब १४ करोडको कारोबार

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • नेप्से ६.५५ अंकले घट्यो, ५ अर्ब १४ करोडको कारोबार

    काठमाडौं– आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भने बिन्ध्याबसिनी हाइड्रोको शेयर ६.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबै भन्दा बढी ३५ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने बिन्ध्याबासिनी हाइड्रोको १९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij