नेप्से १५.६४ अंकले घट्यो, ४ अर्ब ७२ करोडको कारोबार

नेप्से १५.६४ अंकले घट्यो, ४ अर्ब ७२ करोडको कारोबार

बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • नेप्से १५.६४ अंकले घट्यो, ४ अर्ब ७२ करोडको कारोबार

    काठमाडौं । आज नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३२६ कम्पनिका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९९ प्रतिशतले बढेको छ भने युनियन हाइड्रोको शेयर ७.०३ प्रतिशतले बढेको छ । त्यस्तै आज लिबर्टी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.९९ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज युनियन हाइड्रोको शेयर सबै भन्दा बढी ३३ करोड ८० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको २७ करोड ३७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij