अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, तीन हजारबढी घाईते

अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, तीन हजारबढी घाईते

बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, तीन हजारबढी घाईते

    काठमाडौं । भूकम्पका कारण अफगानिस्तानमा मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । तीन हजारबढी घाइते भएका छन् । शनिवार मध्यराती पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा गएको  ६  म्याग्निच्युडको भूकम्पले सो क्षेत्रका सम्पूर्ण गाउँहरू ध्वस्त पारेको बताइएको छ । 

    उद्धारकर्मीहरूले रातभरि पनि जीवित मानिसको खोजी गरिरहेका छन् । तालिवान सरकारले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ । भिरालो उपत्यकाहरूमा माटो र ढुंगाले बनेका घरहरूको भग्नावशेषमुनि धेरै मानिस फसेको स्थानीय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

    कठिन पहाडी भूभाग र प्रतिकूल मौसमका कारण उद्धारकर्मीहरूलाई कतिपय दुर्गम क्षेत्रहरूमा पुग्न कठिनाइ भएको बताइएको छ । यो भूकम्प पृथ्वीको सतहबाट केवल ६ माइल तल गएको थियो । सो क्षेत्रमा मंगलबार फेरी ५.५ म्याग्निच्युडको दोस्रो भूकम्पले पनि दक्षिण–पूर्वी अफगानिस्तानमा थप क्षति पुर्‍याएको छ । 

    तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार दोस्रो भूकम्प आउनुअघि नै मृतकको संख्या १४ सय ११ नाघिसकेको बताए । तीन हजारभन्दा बढी मानिस घाइते भएको उनको भनाई छ । काबुलको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले विनाशलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेका छन् । एजेन्सीको सहयोगमा

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij