क्यानले गर्‍यो क्रिकेटर सन्दीपलाई निलम्बन

क्यानले गर्‍यो क्रिकेटर सन्दीपलाई निलम्बन

बिहिवार, पौष २६ २०८०
बिहिवार, पौष २६ २०८०
  • क्यानले गर्‍यो क्रिकेटर सन्दीपलाई निलम्बन

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । 

    क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जनाएको छ ।

    सन्दीपलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको कैद, तीन लाख क्षतिपुर्ति र दुई लाख पीडितलाई जरिवाना गरी पाँच लाख रुपैयाँ तिर्नुपर्ने सजाय सुनाएको थियो । पुस १३ गते नै अदालतले सन्दीपलाई दोषी ठहर गरेको थियो । सजाय बुधबार तोकिएको हो ।

    सन्दीप पक्षका वकिलले भने जिल्ला अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्दै उच्च अदालत जाने बताइसकेका छन् । सन्दीपले पनि बलात्कार मुद्दामा सफाइ नपाएसम्म खेल जीवनबाट अलग बस्ने बताएका छन् ।

    can.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij