काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार आइतबारदेखि घटेको सुनको मूल्य आज विहीबार पनि घट्न पुगेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।