न्यूयोर्क टाइम्स र सिएनएनको घुम्नपर्ने सूचीमा मुस्ताङ

न्यूयोर्क टाइम्स र सिएनएनको घुम्नपर्ने सूचीमा मुस्ताङ

बिहिवार, पौष २६ २०८०
बिहिवार, पौष २६ २०८०
  • न्यूयोर्क टाइम्स र सिएनएनको घुम्नपर्ने सूचीमा मुस्ताङ

    काठमाडौं । अमेरिकी अखबार द न्यूयोर्क टाइम्स र सिएनएनले नेपालको मुस्ताङलाई सन् २०२४ मा घुम्नका लागि उपयुक्त स्थानका रुपमा राखेका छन् । सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो। त्यसको ठिक नौ महिनाअघि न्यूयोर्क टाइम्सले विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै सो सुचिमा नेपालको मुस्ताङलाई समेटेको हो । 

    यसअघि सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो। न्यूयोर्क टाइम्सले पनि नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको उल्लेख गरेको छ।

    यी दुुई विश्व प्रसिद्ध पत्रिकाले घुम्नपर्ने ठाउँको सूचीमा मुस्ताङ समेटिएसँगै विदेशी पर्यटकको आगमन बढ्ने भएको छ । मुस्ताङ धार्मिक, पुरातात्विकसँगै पर्यटकीय गन्तव्य हो। मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि स्वदेशीसँगै विदेशी पर्यटकको लर्को लाग्ने गर्दछ । गत वर्ष मात्र ९१ हजारबढी बिदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

    त्यसमध्ये प्रशिद्ध मुक्तिनाथ दर्शनका लागि पुग्ने भारतीय धार्मिक पर्यटकको संख्या उल्लेख्य रहेको छ । मुस्ताङको अर्को आकर्षण भनेको ऐतिहासिक र पौराणिक मानिने लोमन्थाङ हो। लोमन्थाङ माटैमाटोले बनेका घर र माटोकै पर्खालले घेरिएको स्थानका रूपमा विश्वमाझ परिचित छ। लोमन्थाङको बस्तीभित्र अवस्थित ज्यम्पा गुम्बा नेपालकै प्रसिद्ध सांस्कृतिक सम्पदा हो।

    मुस्ताङका धेरै गाउँहरू आफैंमा पर्यटकीय स्थान भएकै कारण स्वदेशीसँगै विदेशीहरू पनि चलचित्र सुटिङका लागि जाने गरेका छन् । मुस्ताङका चारैतिर हिमाल देखिने मात्र होइन, जाडो याममा सबैजसो भूभागहरू हिउँले सेताम्मे हुने भएकाले पनि  मुस्ताङमा पर्यटकको आकर्षण बढेको हो ।

    प्रहरीको तथ्याँक अनुुसार सिजनका दिनमा दैनिक छ–सात हजार स्थानीय मुस्ताङ पुुग्ने गर्छन । पछिल्लो समय नेपाली पनि ट्रेकिङमा जाने क्रम बढ्दो छ। मुस्ताङ हुँदै तिलिचो, थोरोङ्ला पास हुँदै मनाङ, धवलागिरि आइसफल, दामोदर कुण्ड लगायत गन्तव्यहरू यही जिल्ला हुँदै जाने क्रम बढेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले बताए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij