काठमाडौं । सुनचाँदी बजारमा आज सुनको घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ