कीर्तिमानी मूल्यको नजिक पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

कीर्तिमानी मूल्यको नजिक पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • कीर्तिमानी मूल्यको नजिक पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसअघि बुधबार सुन तोलाको एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य कीर्तिमानी मूल्यबाट ३०१ रुपैयाँ टाडा थियो । गत वैशाख ९ गते सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३५० मा कारोबार भएको थियो । चाँदीको मूल्य वृद्धिले भने हिजो बुधबार नयाँ कीर्तिमान बनाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij