रमजानमा पनि रोकिएन इजरायल–हमास युद्ध

रमजानमा पनि रोकिएन इजरायल–हमास युद्ध

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • रमजानमा पनि रोकिएन इजरायल–हमास युद्ध

    काठमाडाैं । इस्लाम धर्मावलम्बीहरुकाे पवित्र महिना मानिने रमजानमा पनि इजरायली सेना र हमास विद्रोहीबीच गाजामा युद्ध जारी छ । रमजानअघि नै युद्धविराम हुने अपेक्षाका साथ मध्यस्तकर्ताले गरेका सबै प्रयास असफल भएको छ । युद्धका कारण भोकमरीको अवस्थामा पुगेका गाजाबासीमाथि इजरायलले निरन्तर आक्रमण गरिरहेको छ ।

    यसैबीच, खाद्य सामग्री बोकेको जहाज गाजामा आउन लागेको खबर सार्वजनिक भएसँगै खाद्यान्न सहायताका लागि कुरिरहेकाहरु इजरायलको आक्रमणमा परेका छन् । इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा आक्रमण गर्दा सात जनाले ज्यान गुमाएका र २० जनाभन्दा बढी घाइते भएका अलजजिराले जनाएको छ ।

    खाना र औषधिमा इजरायली प्रतिबन्धले गाजामा भोकमरी र अनिकाल निम्त्याएको छ। भोकमरीकै कारण २५ जना प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij