क्रिकेटर लामिछानेलाई बलात्कार मुुद्धामा आठ वर्ष जेल सजाय

क्रिकेटर लामिछानेलाई बलात्कार मुुद्धामा आठ वर्ष जेल सजाय

बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • क्रिकेटर लामिछानेलाई बलात्कार मुुद्धामा आठ वर्ष जेल सजाय

    काठमाडौँ ।  जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो ।  

    ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ ।

    लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेको एक महिनापछि अर्थात असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij