बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्वित, कार्यभार पोखरेललाई

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्वित, कार्यभार पोखरेललाई

मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्वित, कार्यभार पोखरेललाई

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ । अध्यक्ष ओझाको योग्यतामाथि प्रश्न उठेपछि सो बारे छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।

    उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक अर्थशास्त्री रहेका छन् ।

    समिति गठन भएसंगै अध्यक्ष ओझा स्वतः निलम्वन भएका छन् । ओझा निलम्वनमा परेपछि विमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव शेवन्तक पोखरेलले पाएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij