पिएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

पिएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • पिएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

    काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए ।

    टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले समान एक विकेट लिए ।

    त्यसअघि हङकङको मोगं कोगंमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाएका थिए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

    टी२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक बनाएका थिए । नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

    लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे । पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

    नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले समान एक विकेट लिए । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले आजै दिउँसो हङकङसँग खेल्दैछ । जसको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij