नेपालले पपुवा न्युुगिनीलाई दियो १९९ रनको लक्ष्य

नेपालले पपुवा न्युुगिनीलाई दियो १९९ रनको लक्ष्य

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • नेपालले पपुवा न्युुगिनीलाई दियो १९९ रनको लक्ष्य

    काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले पपुवा न्यूगिनीलाई १९९ रनको लक्ष्य दिएको छ। हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पीएनजीलाई जितका लागि १९९ रनका लक्ष्य दिएको हो। 

    हङकङको मिसन रोड मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । उनले टी–ट्वेन्टी आइमा एक हजार रन पूरा गरे। त्यस्तै सन्दीप जोराले ५६ रनको योगदान दिए।

    आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए। त्यस्तै विनोद भण्डारीले २७ रनको योगदान गर्दा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए। आरिफ शेख ४ रन बनाएर पेभिलियन फर्किदा लोकेश बमले १४ रन बनाए। गुल्शन झा १९ रन बनाएर क्रिजमा रहँदा विवेक यादव १९ रन बनाएर नटआउट रहे।

    पीएनजीका लागि कप्तान अशद भलाले २ विकेट लिए। यो खेल जित्ने टोली फाइनल प्रवेश गर्ने हुँदा दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ। नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।​ पीएनजीले आजै पौने १२ बजे हुने अर्को खेलमा हङकङसंग खेल्ने छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij