पपुवा न्युगिनीविरुद्ध टस हारेर ब्याटिङ गर्दै,नेपालको उत्कृष्ठ शुरुवात

पपुवा न्युगिनीविरुद्ध टस हारेर ब्याटिङ गर्दै,नेपालको उत्कृष्ठ शुरुवात

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • पपुवा न्युगिनीविरुद्ध टस हारेर ब्याटिङ गर्दै,नेपालको उत्कृष्ठ शुरुवात

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल र पपुवा न्युगिनीबीच खेल शुरु भएको छ । पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ शुरु गरेको हो । नेपालले ताजा स्थितिमा पाँच ओभरको खेल सकिदा बिना विकेटको क्षतिमा ५० रन बनाएको छ ।

    नेपालका बिनोद भण्डारी र कुशल भुुर्तेल क्रिजमा छन् । बिनोदले १५ बलमा २२ रन र कुशलले १५ बलमा २८ रन बनाएका छन् । यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ । फाइनलमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब छ ।

    पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ । अभिनाश बोहराको स्थानमा आकाश चन्द खेलेका छन् । नेपालबाट 
    रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसीले खेल्दैछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij