भारतको हिमाचलमा बादल फाटेर बाढी आउँदा कम्तीमा २ जनाको मृत्यु

भारतको हिमाचलमा बादल फाटेर बाढी आउँदा कम्तीमा २ जनाको मृत्यु

बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • भारतको हिमाचलमा बादल फाटेर बाढी आउँदा कम्तीमा २ जनाको मृत्यु

    काठमाडौं । भारतको हिमाचल प्रदेश राज्यमा बादल फाटेर अचानक बाढी आउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । हिमाचल प्रदेशको काङ्गडा र कुल्लु जिल्लामा बादल फाटेर आएको बाढीपछि अन्य १० जना बेपत्ता भएका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

    घटनास्थलको भ्रमणपछि उपायुक्त हेमराज बैरवाले राज्य विपद् प्रतिक्रिया बलका दुई टोली र गृहरक्षकहरूको एक टोली घटनास्थलमा खटाइएको जानकारी दिए ।

    उनले राष्ट्रिय विपद् प्रतिक्रिया बललाई पनि उद्धार प्रयासका लागि बोलाइएको बताए । बाढीले धेरै घर, एउटा विद्यालय भवन, सडक र साना पुलहरूमा क्षति पुर्‍याएको खबरमा उल्लेख छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij