अमेरिकामा मे महिनामा रोजगारीको वृद्धि अपेक्षाभन्दा कम

अमेरिकामा मे महिनामा रोजगारीको वृद्धि अपेक्षाभन्दा कम

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • अमेरिकामा मे महिनामा रोजगारीको वृद्धि अपेक्षाभन्दा कम

    काठमाडौं । अमेरिकामा अघिल्लो महिना मे मा रोजगारीको वृद्धि अपेक्षाभन्दा कम भएको छ । यद्यपि बेरोजगारी दर स्थिर छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरैले कम हो ।

    बेरोजगारी दर भने ४ दशमलव २ प्रतिशत कायम रहेको छ । विश्लेषकहरूले यो मन्दीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति विशेष गरी ट्यारिफ अर्थात् करहरूको प्रभावसँग जोडेर हेरेका छन् ।

    व्यापार नीतिहरूको अनिश्चितताले व्यवसायलाई नयाँ कर्मचारी नियुक्तिमा सतर्क बनाएको समाचार संस्था एएफपीले जनाएको छ । यद्यपि, स्वास्थ्य सेवा, मनोरञ्जन र सामाजिक सहायता जस्ता क्षेत्रहरूमा रोजगारीको केही वृद्धि देखिएको छ । 


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij