त्रिकोणात्मक टी-२० सिरिज : बर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

त्रिकोणात्मक टी-२० सिरिज : बर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • त्रिकोणात्मक टी-२० सिरिज : बर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

    काठमाडौं ।  त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान  मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । 

    त्यपछि दोस्रो पटक बर्षाका कारण खेल रोकिएको हो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्द गरेको घोषणा गरेका हुन् । 

    नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए ।  हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।  गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो ।

    यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij