काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार बिहान सभा ११ वजे हङकङको मोकं कोकमा सुरु हुनेछ ।
नेपाल, पपुवा न्युगिनी र हङकङ सम्मेलित प्रतियोगिताअघिको मैत्रिपुुर्ण खेलमा हिजो नेपाल हङकङसंग ७३ रनले पराजित भएको थियो । नेपालले टोलीमा पहिलो रोजाईका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका खेलाडी समावेश छैनन् ।
नेपालको टिममा कुशल भुर्तेल, विनोद भण्डारी र रोहित पौडेल प्रमुख ब्याटर हुन् । पहिलो खेलमा तीन ओभरमा ४८ रन खर्चेका राशिद खानको स्थानमा आज करण केसी खेल्ने बलियो सम्भावना छ । विवेक यादव र सन्दीप जोरालाई पनि यो सिरिजमा खेलाइएको छ । शनिवारको खेलमा सन्दीप २ र विवेक १ रनमा आउट भएका थिए ।