मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसङ्ग ७३ रनले पराजित

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसङ्ग ७३ रनले पराजित

शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसङ्ग ७३ रनले पराजित

    काठमाडौं । त्रिकोणात्मक शृङ्खलाअन्तर्गतको खेलमा हङकङसङ्ग नेपाल पराजित भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल हङकङसङ्ग ७३ रनले पराजित भएको हो ।

    नेपालले जित्नका लागि २१३ रनको लक्ष्य पाएको थियो । १६.४ ओभरमा नेपालले अल आउट हुँदै १३९ रन मात्र बनाउन सक्षम भयो । 

    नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै, आरिफ शेखले ३८ रन र कप्तान रोहित पौडेलले ३० रनको योग बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij