हङकङविरुद्ध नेपालले पायो २१३ रनको लक्ष्य, चन्दले लिए ३ विकेट

हङकङविरुद्ध नेपालले पायो २१३ रनको लक्ष्य, चन्दले लिए ३ विकेट

शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • हङकङविरुद्ध नेपालले पायो २१३ रनको लक्ष्य, चन्दले लिए ३ विकेट

    काठमाडौं । हङकङविरुद्ध नेपालले २१३ रनको विशाल लक्ष्य पाएको छ । त्रिकोणात्मक शृङ्खलाअन्तर्गतको आज भएको खेलमा हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

    टस हालेर पहिले ब्याटिङ गरेको हङकङका खेलाडी बाबर हयातले खेलमा शतक पूरा गरे । उनले ४९ बलमा नै ११० रनको योगदान खेलमा दिए । अन्य खेलाडी भने अर्धशतकको नजिक पनि पुगेनन् ।

    नेपालका लागि आकाश चन्दले ३ विकेट लिए । आरिफ शेख, प्रतिस जीसी र रसिद खानले १-१ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij