पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाए

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाए

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाए
    लिस्बन (पोर्चुगल) । पोर्चुगलमा रहेका नेवार समुदायले बिस्का (बिस्केट) जात्रा मनाएका छन् । नेवाः खल पोर्चुगलको आयोजनामा मङ्गलबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बिस्का जात्रा मनाइएको हो । जात्राका अवसरमा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिएको थियो । सो अवसरमा जात्रामा सहभागीहरुलाई टीका, धजा लगाई दिनाका साथै समयबजी र सगुन प्रदान गरिएको थियोे ।
     
    कार्यक्रममा नेपाली तथा नेवारी खानाका परिकारका साथै नेवारी कला र संस्कृति झल्कने सांस्कृतिक झलकहरूसमेत प्रस्तुत गरिएको थियोे । एकै स्थानमा भेला भएका नेवार समुदायले बिस्का जात्रा नखः तथा नयाँ वर्ष २०८२ को एकापसमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।
     
    नेवारी रीतिरिवाज, परम्परा, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप  विशेष कार्यक्रमको आयोजना गरेर विदेशी भूमिमा बिस्का जात्रा मनाइएको खलका संयोजक अमृतरत्न शाक्यले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij