आलु खेतीबाट तीन महिनामा आठ लाख आम्दानी

आलु खेतीबाट तीन महिनामा आठ लाख आम्दानी

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • आलु खेतीबाट तीन महिनामा आठ लाख आम्दानी

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका७ का राजकिशोर मेहताले तीन बिघामा आलु खेती गरेका थिए । उनले सबै खर्चसहित छ लाख खर्च गरेका थिए । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताए ।

    तीन महिना मेहनत गरेर आलु खेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ ।  १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख आम्दानी भएको उनले बताए । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भने ।

    यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्य गरी आलु खेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए । समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij