आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुदैँछ आजको कारोबार ?

आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुदैँछ आजको कारोबार ?

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । बुधबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ८७ हजार  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।

    मंगलबार प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा  कारोबार भएको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     यसअघि चैत ३१ गतेको एक लाख ८६ हजार रुपैयाँको उच्च मूल्यको रेकर्ड तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आज  १० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij