सुनको मूल्यमा नयाँ कीर्तिमान, ३९ सयले बढ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, ३९ सयले बढ्यो

शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, ३९ सयले बढ्यो

    काठमाडौं । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । शुक्रबार छापावाला सुनको मल्य प्रतितोला  १ लाख ८५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।

    विहीबार प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij