काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यसायी महासले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।