म्यानमार । म्यान्मारमा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५० भन्दा बढी पुगेको छ । म्यान्मारको सरकारी सञ्चारमाध्यमले शनिबारसम्म ३ हजार ३५४ जनाको मृत्यु पुष्टि गरेको जानकारी दिएको छ ।
मार्च २८ मा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले देशभरका घर र पूर्वाधारहरू ध्वस्त बनाएको छ । सरकारी तथ्यांकअनुसार हालसम्म ४ हजार ५०८ जना घाइते भएका छन् भने २२० जना अझै हराइरहेका छन् ।
घटना भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि हजारौं पीडितहरू अझै सुरक्षित आश्रयविहीन अवस्थामा छन् । संयुक्त राष्ट्रसंघले भूकम्पबाट ३० लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने अनुमान गरेको छ । यस प्राकृतिक विपत्तिले म्यान्मारमा चार वर्षदेखि जारी गृहयुद्धको संकटलाई अझै जटिल बनाएको छ ।
संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारको राहत र पुनःस्थापनाका लागि सहयोग गर्न आह्वान गरेका छन् ।