काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै सोमबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला २ हजार ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।