काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै आइतबार सुनको मुल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । आइतबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।