बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  

    आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १ हजार ९ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij